सदा परिवारको व्यथा

सत्य मिरर्     २०७९ फाल्गुन ७, आईतवार ०३:१५ मा प्रकासित


धनुषा महेन्द्रनगर ४ की अंदाजी नौ दश बर्षकी पुनिता सदा दिउँसो घरमानै खेलि रहेकी थिईन् । नानी तिमी स्कूल किन नगएको सोद्धा म धेरै दिन देखि नगेएकाले स्कूलबाट नाम कटिएको सुनाईन् ।


पुनिता बस्ने घरमा नाममात्रको छाना थियो र त्यहाँ दुईजना बृद्ध एकल आमा माघो सदा र समुन्द्री सदा पनि थिइन् । माघो सदा र समुन्द्री सदा देवरानी जेठानी हुन् । पुनीता आफ्नो नातिनी रहेको र उ पढ्न गएपछि आफुलाई कले खान पकाएर दिन्छ माघो र समुन्द्रीले बताइन् । माघो सदा केहि बर्ष देखि गेठिया रोगले ग्रसित हुन् र उहालाई हिंडुल गर्न पनि गाह्रो भएको हो ,त्यसरीनै समुन्द्रीपनि बृद्धभएकाले कुनै काम गर्न असक्षम छिन् । यी दुवै जनाको लागी खाना पकाउने,देखि हिंडुल गराउने र सबै रेखदेख गर्ने जिम्मेवारी पुनीताकोनै हो । “एउटा छोरा कुनै जटिल रोग लागेपछि बितिसकेको र बुहारी हामीलाई छोरेर बिहे गरिसकेपछि पुनितानै हाम्रो बाँच्ने आधार हो” समुन्द्रीले भनिन् ।
जीवकोपार्जन र भरण पोषण कसरी हुन्छ भनि सोद्धा,“नागरिकता नभएकाले बृद्धभत्ता पाइरहेको छैन र आफ्नो नाममा कुनै खेतबारी र केहि पनि छैन , मेरो त बुढा सानै उमेरमा बित्यो र मेरो कुनै संतान पनि नरहेको, समुन्द्रीको सानो छोरा ज्याला मजदुरी गरेर जसो तसो हम्रो भरण पोषण गरिरहेको ” माघोले बताइन् ।


लगभग दुई धुर जति अर्कैको जग्गामा भएको छाना पनि राम्रो संग नभएको घरमा सदा परिवार बसिरहेका छन् र यो जग्गा पनि जग्गाधनीले खाली गर्न दबाव दिरहेका छन् समुन्द्रीले बताईन् । नागरिकता र बिधवा भत्ताका लागी पहल गर्नुस न त सुझाव दिँदा माघोले भनिन्“कसैले हाम्रो साथ दिरहेको छैन सबै थोकमा प्रमाण र कागज खोज्छन् हमी संग ,अनि प्रमाण र कागज जुटाउन हामी नबुझ्नेलाई जुटाउन एकदमै मुस्किल छ त्यसैले हामी जुन अवस्थामा छौं त्यसमानै बाँचिरहन बाध्य छौं ।”


सदा परिवारको दयनीय अवस्थाको जानकारी लिएर मानव अधिकार क्षेत्रमा काम गर्ने मानव अधिकारको लागी महिला, एकल महिला समूहकी प्रदेश अधिकृत पूजा साहले अफ्नो संस्थाको तर्फबट यीनीहरुको समस्या समाधानका लागी आवश्य पहल गर्छु आश्वासन दिएकी छिन् ।


प्रतिक्रिया




Top