धनुषाबाट चारलाख रुपैयाँसहित एकजना पक्राउ

सत्य मिरर्     २०७९ फाल्गुन ४, बिहीबार ०४:५४ मा प्रकासित


जनकपुरधाम, फागुन ४ गते ।

धनुषामा स्रोत नखुलेको चारलाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा धनुषाधाम नगरपालिका ७ बस्ने ३८ वर्षीय जाबिर राईन छन् ।

बुधबार दिउँसो धनुषाको नगराईन नगरपालिका २ स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रदेश २–०२–००४ प ७५३४ नम्बरको हिरोहोण्डा मोटरसाइकल चेक गर्दा उनलाई स्रोत नखुलेको ४ लाख ६ हजार ११५ रुपैयाँसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतामले जानकारी दिए ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया




Top