१४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने

सत्य मिरर्     २०७९ फाल्गुन ३, बुधबार ०७:३३ मा प्रकासित


१४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप–२०२३ भारतमा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति र ठाउँ तय हुन बाँकी नै छ । माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।


प्रतिक्रिया




Top