भारतकाे टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।
फ्रान्सको जहाज निर्माता कम्पनी एअरबसबाट एकैपटक दुई सय ५० वटा विमान खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गर्नुभएको छ । भर्चुअल रुपमा भएको घोषणा कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको थियो ।
सम्झौतामा ४० वटा ए–३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुने समाचार संस्था एएनआईले जनाएको छ ।
प्रतिक्रिया